नयाँ भर्ना भएका विद्यार्थी र अभिभावक ।

हेटौंडा ः हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले ३२ औं स्थापना दिवसको अवसरमा निःशुल्क अभिलेखीकरण (भर्ना) कार्यक्रम सञ्चालन गरेको छ । गत शनिबारदेखि सञ्चालन गरिएको अभिलेखीकरणमा हालसम्म २९ जना विद्यार्थी भर्ना भएको विद्यालयकी प्रिन्सीपल रीना आचार्यले जानकारी दिनुभयो ।

प्ले ग्रुप र नर्सरीमा २९ जनाले अभिलेख गराएको उहाँले बताउनुभयो । सीमित सिटमा पुस २९ गतेसम्म अभिलेखीकरण गरिने आचार्यले जानकारी दिनुभयो । विद्यालयमा आवासीय व्यवस्थासँगै विद्यालय बसको सुविधा रहेको छ । करिब एक हजार ५ सय विद्यार्थी अध्ययनरत् रहेको आचार्यले बताउनुभयो । विद्यालयले अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आइरहेको छ ।