सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशमा बिहीबार कोभिड–१९ संक्रमित ५१ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । हालसम्म बागमती प्रदेशमा २ हजार ५४ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार काठमाडौंमा ३१, ललितपुरमा ७, भक्तपुरमा १, मकवानपुरमा २, काभ्रेपलाञ्चोकमा ६, सिन्धुपाल्चोकमा १, धादिङ २ र नुवकोटका एक संक्रमितको मृत्यु भएको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईका अनुसार बिहीबार प्रदेशमा ३६ सय ७७ कोभिड–१९ संक्रमितहरु थपिएका हुन् ।

प्रदेशमा अहिले ५३ हजार ४ सय ७७ जना होम आइसोलेसनमा बसेका छन् । ३ सय ४८ जना भेन्टिलेटर, ८ सय ३७ जना आइसियू, ६९४ जना एचडियू, २८६४ जना अस्पतालको आइसोलेसन बेडमा, ३ सय ३ जना संस्थागत आइसोलसनमा उपचाररत छन् ।