हेटौंडाः नारायणी अञ्चल आयुर्वेद औषधालयको अध्यक्षमा हेटौंडा–२ का मधु बजगाई नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकार मातहतको औषधालयमा पहिलो पटक औषधालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको हो ।

मधु बजगाई

मंगलबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बजगाईलाई अध्यक्ष नियुक्त गरिएको हो । मन्त्रालयको निर्णयको पत्र बिहीबार अञ्चल आयुर्वेद औषधालयमा प्राप्त भएको औषधालयका प्रमुख डा. सृष्टी श्रेष्ठले जानकारी दिनुभएको छ । औषधालय सञ्चालन तथा व्यवस्थापन समितिको पदावधि ४ वर्षको हुनेछ ।

हेटौंडा–२ स्थित नारायणी अञ्चल आयुर्वेद औषधालयमा स्थायी र करार गरी १४ जना कार्यरत छन् । अञ्चल आयुर्वेद औषधालयमातहत मकवानपुरको थाहा नगर, कैलाश, बकैया र बागमती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । अञ्चल आयुर्वेद औषधालयले सबै किसिमको सेवा र औषधी निशूल्क रुपमा प्रदान गर्दै आएको छ ।