— सृष्टि वि.क. मकवानपुर बाल विद्या सदन, हर्नामाडी, कक्षा–८

ममताको छहारीमा राखीराखीकन
खाना खाजा दिनुहुन्छ डाकीडाकीकन
त्यसैले त बुबा हाम्रो प्रेरणाको खानी
बनाउन खोज्नुहुन्छ हामीलाई रानी ।

पानी पर्दा छोराछोरी भिजे होलान् भनि
कोमल पाउमा काँडाहरु बिझे होलान् भनि
छाला—जुत्ता किनिकिनि लेराइदिनुहुन्छ
हाम्रो बुबा सगरमाथा हेराइदिनुहुन्छ ।

बुबा हाम्रा देवता हुन् सधैँ पुज्नुपर्छ
कर्म गर्न सिकाउने गुरु बुझ्नुपर्छ
हाम्रा निम्ति मरिमरि गर्नुहुन्छ काम
उच्च पार्नुपर्छ हामीले बुबाज्यूको नाम ।