जसले आत्मालाई बिर्सेको हुन्छ
उसको नजर बदलिएर भन्छ
संसारीक दुःख अस्थायी मात्र हो
जीवनमा आउने जाने भइरहन्छ ।।
स्वार्थ देखे सुख शान्ती सम्झन्छ
अप्ठ्यारो अवस्थामा ईश्वर पुकार छ
दुःखको संसारबाट माथि उठ्नलाई
आत्मा अभ्यास आवश्यक पर्छ ।।
अस्तित्व मात्र भौतिक जगतमा छैन
देह र मनमा कष्टले छोड्दैन
आफू भित्र भएको विद्यमान आनन्द
आफ्नो स्वरुप भन्दा बाहिर हुँदैन ।।
जब शरीर आत्मामा समर्पित हुन्छ
संसारबाट माथि उठेको अनुभव हुन्छ
जीवनका सारा दुःखबाट छुट्कारा पाएर
दुनियाँबाट पर भएको अनुभूति हुन्छ ।।