भवानी महतो, कक्षाः ११ हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

ए मेरो हजुर
सुन न
मेरो मनको पत्र पत्रमा
तिम्रै नाउँ लेखेकी छु
जीवन बिताउने
तिमीसँग
सपना सजाएकी छु
सफलताको हरेक पाइला
तिमीसँगै हिँड्न चाहेकी छु
केवल तिमी निराश नबस

वाचा छ
तिम्रो खुशीमा खुशी हुन्छु म
सफलताको हरेक सफरमा
तिम्रो साथ निभाउँछु म
केवल तिमी निराश नबस

तिमी नबोल्दा
जीवन रोकिएझैँ लाग्छ
पाइला ठोकिएझैँ लाग्छ
के थाहा ? कुन ठाउँ गई
जीवनको अन्त्य गर्छु झैँ लाग्छ
मन मेरो चस्स पोल्छ
जीवनको प्रिय अङ्ग नै
छुट्टिएझैँ लाग्छ
त्यसैले त भन्छु म कि
केवल तिमी निराश नबस

संसार सारा भुलाइदिन्छु
तिम्रो मन म मात्र
तिम्रा लागि यो ज्यान नै
पनि गुमाइदिन्छु
केवल तिमी निराश नबस