आरति उप्रेती हाँडीखोला

तिम्रा दुःखका कथाहरु
हाँसिदिनेछन् मान्छेहरु मनभित्रबाटै
तिमी खुसी हुँदै सुनाउ
तिम्रा सफलताका कथाहरु
जल्न थाल्नेछन्
मान्छेहरु मनभित्रदेखि

तिमी एउटा चोकलाई सुनाइ
हेर तिम्रा दुःखहरू आँशुहरु
अर्को चोकले अवस्य सुनाउनेछ
तिमीलाई त्यस्तै आफ्नो
सफलता सुनाइ हेर
तिमी अर्को चोकलाई
अन्जान रहनेछ

त्यतिबेला यहाँका चोकहरु, मान्छेहरु
कसैले सुनाउने छैनन् तिमीलाई
खुसी हुँदै
हौसला दिनेछैनन् तिमीलाई
किनकि यो त तिम्रो
दुःखलाई फैलाउनेको जमात हो

जमात हो त
मुखले रामराम बगलीले छुरा
चलाउनेको
रमाउनन् मनैदेखि तिम्रो खुसीमा
कोही तिम्रो सफलता
संसारलाई सुनाउनन्
कोही तिमीलाई तिम्रो खुसी
मनैभित्र राख्नु भन्छन्
यो समाज किनकि
छन् जताततै
खुट्टा तान्नेको जमात

कोर्दै थिएँ जब म यी शब्द
मस्तिष्कमा धेरै अनुहारहरु
झल्किन आए ती अनुहार
जसले मेरो दुःखलाई
खुसी हुँदै सुनाइदिए

अर्को चोकलाई त्यही चोकले
मलाई बिचरा भनी सुनाइदियो
त्यही अनुहार
जो परिचित थिए मेरा
खुसी सफलता, सङ्घर्षसँग
अफसोस !
कसैले स्याबासी दिएनन् ।।