झविन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत, सिविन बाल हेल्पलाइन हेटौंडा

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले लकडाउन घोषणा गर्नुभन्दा अघिदेखि नै शैक्षिक संस्थाहरु बन्द छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यालय तह अध्ययनरत बालबालिकाको विवाहका घटना बढ्दो क्रममा रहेको छ । विद्यालय बन्द हुँदा भइरहेका बालविवाहका घटना नियन्त्रण खटिइरहनुभएका सिविन बाल हेल्पलाइन हेटौंडाका अधिकृत झविन्द्र ज्ञवालीसँग समाज संवाददाता संगी लामाले गर्नु भएको कुराकानीः

समाजः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै लकडाउन गरे यता विद्यालय सबै बन्द छन् । यस अवधिमा बालविवाहका घटनाहरु बढेकै पाइन्छ । लकडाउन यता बालविवाहका के कति भएका छन् ?
ज्ञवालीः यो अवधिमा ४० वटा बालविवाह सम्बन्धी घटनाहरु बाल हेल्पलाइनमा दर्ता भएको स्थिति छ । अलि अगाडिबाट हेर्ने हो भने जस्तै ६ महिनाको मैले भने अब ८ महिनाको हेर्दाखेरी ७५ वटा बालविवाहका घटनाहरु दर्ता भएका छन् । ७५ मध्ये ६४ वटा बालविवाहका घटनाहरु बदर भएर भाईबहिनीहरु आफ्नो ठाउँमा गएर बसिसेका छन् । यो लकडाउन भईसकेपछि ४० वटा घटनाहरु बाल हेल्पलाईनमा दर्ता भई त्यसमध्ये दुई वटा भाईबहिनीहरु विवाह गरेको त्यो चाही रोक्न सम्भव भएन । अब ३८ बालविवाह बदर भएर भाईबहिनीहरु आफ्नो आफ्नो घरमा गएर बसिरहेको अवस्था छ ।

समाजः लकडाउनको बेलामा किन बालविवाहका घटना भएको पाउनुभयो ?
ज्ञवालीः लकडाउनमा बालबालिकाहरु बाहिर जान नपाएको, आफ्नो प्रतिभाहरु देखाउन नपाएको, विद्यालय जान नपाएको अथवा कुनै पनि व्यस्तता नपाइकाले मानिसहरु केही न केही गर्न खोज्छ । त्यो बेलामा उनीहरु एकअर्कामा अलिकति व्यस्तता हुन नपाएर आफ्नो प्रतिभा देखाउन नपाएर, आफ्नो शैक्षिक गतिविधीमा सहभागी हुन नसक्ने अवस्था भइसकेपछि एउटा विकृतिको रुपमा लिन सक्छौं । यसमा जो कसैले ठेकेदारहरु भनौं, काम गर्ने मान्छेहरु त्यो गाउँमा गएर बसेको छ भने त्यो अवस्था आफ्नो ठाउँ जान नसक्नु अथवा भाईबहिनीहरु आफ्नो पढाईमा अगाडि बढ्न नसक्नु बैठक बसेर आफ्ना छलफलका विषयहरु राख्न नसक्दाखेरी उनीहरु घरमा बस्न बाध्यता भए । त्यसपछि उनीहरु मोबाइल फोनहरु यस्तो माध्यमबाट एकअर्कामा फोन गर्ने त्यसपश्चात साथी विस्तार गर्ने प्रेम सम्बन्ध विस्तार गर्ने, त्यसपछि भेटघाट गर्ने जस्ता कुराहरु एउटा विवाहसम्म गर्ने भन्ने वातावरण लकडाउनले सिर्जना गर्‍यो । मुख्यतः लकडाउन अवधिमा बालविवाह बढ्नु कारण बालबालिका व्यस्त हुन पाएनन् । आफ्ना प्रतिभा, शैक्षिक गतिविधिहरु अगाडि बढाउन पाएनन् । जसले यस्तो विकृति बढेको देखेको छु ।

समाजः तपाईहरुले बालबविवाहका घटनाहरु रोकी राख्नु भएको छ । बालविवाहका घटना कसरी रोक्नु हुन्छ ?
ज्ञवालीः हुनत यो बालविवाह र बालबालिका हुने कुनै पनि घटना वा हिंसाहरुको बारेमा त्यस्ताहरु बालबालिकाहरुले पनि हामीलाई फोन गर्छन् । पैसा नलाग्ने बाल हेल्पलाईको नम्बर १०९८ को भनेर धेरै जानकारी छ । अथवा १०० नम्बर पुलिसमा पनि फोन गर्न सक्छन् । अथवा स्थानीय तहमा गर्न सक्छन् । यसरी फाने सम्पर्क गरिसकेपछि हामीले सूचना प्राप्त गछौं । सूचनाको आधारमा हामीले स्थानीय तह, पुलिस, सामाजिक विकास मन्त्रालय, र संघसंस्थाहरु, बाल क्लबका भाईबहिनीहरुसँग हामीले समन्वय गरेर जहाँ घटना घटेको छ त्यहाँसम्म पुगेर छलफल गरेर त्यसपछि दुवै पक्षलाई सम्झाउने बुझाउने बालविवाहका असरहरुको बारेमा अनि कानुनी पाटाहरुको जानकारी गरेपछि उहाँहरुको यो बालविवाह गर्नु हुँदैन भन्ने सहमत हुन्छ भने, अर्को कानुनी हिसाबले दण्डनीय छ । केटाहरु २० वर्ष पुगेका बालिकाहरु नपुगेका अवस्थामा एउटा दण्डनीय हुन्छ । कतिले एउटा कानुनी दण्ड लगाएर भएर पनि समन्वयका साथ बालविवाह रोक्न सजिलो भएको छ । पछिल्लो समयमा विभिन्न संघ, संस्थाहरु भएर पनि सजिलो भएको छ ।

समाजः बालविवाह नियन्त्रण के गर्नु पर्ने देख्नु हुन्छ ?
ज्ञवालीः केटा वा केटी दुबैको उमेर २० वर्ष नपुगी विवाह गर्न हुँदैन भन्ने हाम्रो कानुनी व्यवस्था छ । यो बालबालिका सम्बन्धी ऐन, मुुलुकी ऐन २०७४ भयो । २० वर्ष नपुगिकन विहे गर्न हुँदैन । बालबालिकाको शारीरिक, मानसिक हरेक दृष्टिकोणले पनि विवाह छिटो गर्नु हुँदैन । स्वास्थ्यको दृष्टिकोणले पनि बालविवाह गर्नु हुँदैन भन्ने प्रष्ट रुपमा उल्लेख भएकोले गर्दा यो विषय हामीले सबै समुदायसँग, सबै वर्गमा पुर्‍याउन जरुरी छ । अभिभावकसँग लैजानु पर्छ । यो विषय बालबालिकासम्म लैजानु पर्‍यो । सम्पूर्णसँग यो ल्याई सकेपछि यो कुरा बुझ्नुपर्छ । तब मात्र उहाँ तयार हुनुहुन्छ । त्यसैगरी स्थानीय तहको आफ्नो ऐन, कानुन, नीति नियमहरु छ । बालमैत्री घोषणा अभियानहरु सञ्चालन छ र आफ्नो आफ्नो नीति नियमहरु स्थानीय तहको प्रदेश सरकारको, त्यसैगरी संघको यस्ता नियमहरु छन् जो २० वर्ष नपुगी विहे नगर्ने खालको नियमहरु भएकोे यो रोक्न सफल भएको छ । बालमैत्री अभियानमा सबैैको ऐक्यवद्धता भएकोले यो बालविवाह रोक्न सम्भव भएको हो ।

समाजः बालविवाह रोक्न स्थानीय सरकार, जनप्रतिनिधीहरुको काम कस्तो पाउनु भएको छ ?
ज्ञवालीः बालमैत्री गाउँपालिका, नगरपालिका बनाउने अभियानमा जुट्नु भएका जनप्रतिनिधिहरु लगायत सबै व्यक्तिहरु जुटिरहनु भएको छ । त्यो अभियानले गर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुहुन्न भन्ने अवस्था बन्ने छ । बालविवाह गर्नु दण्डनीय अपराध हो भन्ने कतिलाई थाहा पनि छैन । हामीले जानकार बनाउछौं । जनप्रतिनिधीहरुले सहयोग गर्नुभएको छ । पछिल्लो समय एकदमै जनप्रतिनिधीहरुले सहयोग गरिरहनु भएको छ । समग्रमा यो बालमैत्री अभियान भएकोले चौतर्फी रुपमा बालबालिकालाई प्राथमिकतामा राखेर बालमैत्री अभियानलाई अगाडि लैजाने कुरामा धेरैको सहयोग छ ।