फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज ९२ जनाको स्वाबको नमूना सङ्कलन भएको छ । उनीहरुमध्ये १४ जना कोरोना संक्रमितहरुको पुनःपरिक्षण गर्न नमूना संङकलन गरिएको हो भने अन्य नयाँ व्यक्तिको हो ।

आज हेटौंडा–६ को गौरिटार आइसोलेसनमा बसेका २ जना कोरोना सङ्क्रमित र १२ जना घरकै आइसोलसनमा बसेका सङ्क्रमितहरुको पुनः परिक्षण गर्न स्वाबको नमूना लिइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलगाईले जानकारी दिनुभयो ।