हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज २५ परिवारलाई खाद्यान्त वितरण गरिएको छ ।
खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गरेको छ ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, घर जग्गा व्यवसायी संघको जिल्ला सदस्य इन्द्र ढुङ्गेल ,क्लबका सदस्य विष्णु पुडासैनी लगाएतको उपस्थिति रहेको क्लबका सल्लाहकार विशाल राज महतले बताउनुभयो ।
त्यसैगरी आजवाट प्रत्येक दिन एक–एक व्यक्तिले क्लबलाई खाद्यान्न सहयोग गरि हस्तान्तरण गरिने कार्यक्रम अन्तरर्गत आज इन्द्र ढुङ्गेलले सहयोग गर्नु भएको छ । यस्तै भोली गोमा फार्मेशीले क्लबलाई खाद्यान्न सहयोग गर्ने तालिका रहेको महतले जानकारी दिनुभयो ।