हेटौँडा : हेटौँडा–१३, पदमपोखरीमा बिहीबार संयुक्त मण्डली पाष्टर एकता संगतिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
वडाध्यक्ष पेम्बा लामाको उपस्थितिमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेकाले रक्तसञ्चार केन्द्र हेटौँडामा रगतको अभाव नभएको केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । रक्तसञ्चार केन्द्रका अनुसार शुक्रबार हेटौँडा–१८, हर्नामाडी र हेटौँडा–४ स्थित सिटिजन बैंकमा रक्तदान कार्यक्रम हुनेछ ।