दीप प्रज्वलन गरिँदै ।

हेटौँडा : राजावादीको आन्दोलनका क्रममा चैत १५ गते काठमाडौंको तीनकुनेमा मृत्यु भएका पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न सरकारलाई दवाव दिने उद्देश्यले मकवानपुरका पत्रकारले बुधबार हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आव्हानमा बुधबार साँझ ६ बजेको समयमा दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलनपछि नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न र दोषीमाथि कारवाही गर्न सरकारलाई दबाव दिने उद्देश्यले दीव प्रज्वलनको कार्यक्रम गरिएको जानकारी दिनुभयो । पत्रकारको सुरक्षा सु्निश्चित गर्न र सुरेश रजकको हत्यारालाई कारवाही गर्न महासंघले सरकारलाई निरन्तर दवाव दिने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासंघ मकवनपुरका निवर्तमान अध्यक्ष मणिराज गौतमसहित पत्रकारहरु सहभागी थिए ।