हेटौँडा : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–७, चरिमारामा आगलागी पीडित दुई परिवारलाई राहत सामग्री वितरण गरिएको छ । राक्सिराङमै कार्यक्षेत्र बनाई काम गरिरहेको लिसा हिमालय इभीले खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा हस्तान्तरण गरेको हो ।
आइतबार आगलागी पीडित सुप बहादुर चेपाङ र चन्द्रबहादुर चेपाङको परिवारलाई सहयोग गरिएको हो । आगलागीका कारण दुबैको घर पूर्णरुपमा नष्ट भएको थियो । शुक्रबार एकैदिन मकवानपुरमा ७ घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको थियो ।

