उद्योगको किलमा फायर गरिँदै ।

हेटौँडा : हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु भएको छ । ७ महिनादेख उत्पादन ठप्प भएको हेटौँडा सिमेन्ट उद्योगले सोमबारबाट उत्पादन थालेको हो ।

विद्युत आपूर्तिमा समस्या भएपछि गत असोजबाट बन्द भएको उद्योगले सोमबार उत्पादन सुरु गरेको हो । आर्थिक अभाव र अघोषित लोडसेडिङका कारण उद्योग बन्द भएको थियो । गत असोजबाट उत्पादन बन्द रहेको उद्योगमा विद्युत नियमित गरेर संचालनमा ल्याइएको हो । सोमबारबाट उद्योगको प्लान्टको किलमा फायर गरी उद्योग संचालनमा ल्याइएको उद्योगका निमित्त महाप्रवन्धक नविन कुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगको किलमा फायर गरेसँगै उद्योगको उत्पादन प्लान्ट चलेको र मंगलबारबाट क्लिङकर उत्पादन थाल्ने छ । किलमा हिटिङ प्रोसेसमा केही समय लाग्ने भएकाले क्लिङकर उत्पादन मंगलबारबाट हुने उहाँको भनाई छ ।