हेटौँडा: लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति १० बजेर २० मिनेटको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१९, मौवाटारस्थित सुजिता गुरागाईको घरबाट लागूऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१३, ठुलोथलीका २१ को हर्षित राज मुक्तान र राक्सिराङ गाउँपालिका–३, पलासेका २२ वर्षीय समतेन डिमडुङलाई ३६ ग्राम ४२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको हो। मकवानपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।