हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, बेलटाँडी चोकमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । लिलाचोकबाट सहिदचोकतर्फ आउँदै गरेको बा प्र ०१–०३१ च ५६२८ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
कारको ठक्करबाट सोहि स्थानका ६२ वर्षीय चुमन बहादुर श्रेष्ठ गम्भिर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।