एक सिंगे गैँडा । फाइल तस्वीर ।

हेटौँडा ः चितवन जिल्लाको माडी नगरपालिका–२, धुर्वमा गैंडाकोे आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया भुतहि महतो रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा माडी नगरपालिका–१ अमलियामा रहेको जंगलमा घासँ काट्न जाने क्रममा गैडाले आक्रमण गर्दा महतो घाईते भएकी थिइन् । घाइते महतोको स्थानिय बघौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारको क्रममा महतोको राती १० बजेर १४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।