सचेतना कार्यक्रम उपस्थित विद्यार्थीको तस्वीर ।

हेटौँडाः हेटौँडा–६, चौघडामा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा महिला स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हेटौँडा बजार लायन्स क्लब र लायन्स क्लव अफ काठमाडौं प्रतिबद्धताको संयुक्त आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई महिला स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको क्लबका प्रमुख विष्णु चौलागाई (खड्ग) ले जानकारी दिनुभयो ।

स्नातक तहमा अध्ययनरत १०० जना छात्र र छात्रालाई सहजीकरण गरिएको उहाँले जानकारी दिनुभयो । महिलाहरुमा हुने महिनावारी गडबडी, सेतो पानी बग्ने, पाठेघरको समस्या, पाठेघरको मुखको क्यान्सरलगायत विभिन्न समस्याकोे बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रमा डिष्ट्रिक्ट ३२५ एस वर्षका वर्तमान गर्भनर टासी डोल्मा तुम्वाहाम्फेको प्रमुख आतिथ्य तथा पूर्व गर्भनर शम्भु नकर्मीको विशिष्ट आथ्यितमा कार्यक्रम भएको हो । क्याम्पस प्रमुख लक्ष्मण कँडेल, सहायक प्रमुख चुँडाराज उप्रेति, हेटौँडा सिटी कलेजका क्याम्पस प्रमुख श्रीबहादुर कार्की लगायत क्याम्पसका प्राध्यापकहरु एवं क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।