हेटौँडा ः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन विदा दिने भएको छ । आइतबार राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष रामकुमार मल्लले एक सूचना जारी गर्नुहुँदै सोनाम ल्होसारको अवसर पारेर माघ १६, १७ र १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभएको छ ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने साँस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८६१ डुल लो÷सर्व वर्ष ल्हो सोनाम ल्होसारको उपलक्ष्यमा ३ दिन पालिकाको सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघ, संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छ । पालिकामा तामाङ समुदायको बाहुल्यता रहेकोले बिदा दिने निर्णय गरिएको बताइएको छ ।