हेटौँडा ः मधेश प्रदेशको प्रमुख सचिवमा मकवानपुरका मदन भुजेललाई जिम्मेवारी तोकिएको छ ।
संघीय सरकारले गत शुक्रबार भुजेललाई मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको प्रमुख सचिव पदमा कायम–मुकायम रहेर काम गर्नेगरी जिम्मेवारी तोकिएको हो ।
