भूमि आयोग मकवानपुरको नवनियुक्त अध्यक्ष बलराम बल ।

हेटौँडा ः भूमि आयोग मकवानपुरको अध्यक्षमा बलराम बल नियुक्त हुनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हेटौँडा उपमहानगरपालिका–१ निवासी बललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

सोमबार सरकारको मन्त्रीस्तरको निर्णयले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिएको हो । सोमबार भूमि व्यवस्था तथा सहकारी मन्त्री रामनाथ अधिकारीले नवनियुक्त जिल्ला अध्यक्ष बललाई शपथ ग्रहण गराउनुभएको थियो । बल नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।