सांकेतिक चित्रः गुगल ।

हेटौंडाः तुईनमा चढ्न खोज्दा लडेर हेटौंडा–१ का ७७ वर्षीय वृद्धाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेको समयमा राप्तीखोला तर्न तुईन चढ्न खोज्दा कृष्णप्रसाद पराजुली लडेर घाइते भएका थिए ।

तुईन चढ्न खोज्दा चिप्लिएर करिब १० मिटर तल लडेका पराजुलीको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । पराजुली खेत हेर्नका लागि तुईन चढेर राप्तीखोला पार गर्न खोजेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।