हेटौँडा : एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौँडाका दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । बिहीबार छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
बुद्धचोकमा ब्लड डोनर्स एशोसिएसन मकवानपुरको आयोजनामा तथा २ नम्बर वडा कार्यालयको विशेष सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । यस्तै हेटौँडा–१० बसपार्कमा भएको कार्यक्रम १५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।











