हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार हेटौँंडामा प्रभातफेरीको आयोजना गरिएको छ । नेकपा एमालेसम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरको आयोजनामा हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि भेला भएर हेटौँडा नगर परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा नेकपा एमालेका नेता, नेकपा एमाले सम्वद्ध विभिन्न घटक तथा जनसंगठनका नेता, पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रभातफेरीले नगर परिक्रमा गरेपछि हेटौँडा–४ स्थित रोयल प्यालेसमा सभामा परिणत भएको थियो । जिफन्ट मकवानपुर जिल्ला समन्वय कमिटीका अध्यक्ष शम्भु लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कृष्ण दाहाल, नेकपा एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्तप्रसाद पौडेल, नेकपा एमाले बागमती प्रदेश प्रदेश कमिटी सदस्य, बद्रिप्रसाद लम्साल, एकालाल श्रेष्ठ, कमल विष्ट, रामचन्द्र राई, जिफन्ट बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् नेकपा उमाले बागमती प्रदेश कमिटी सदस्य अर्जुन अर्याल, नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, उपसचिव आरती पाठक, फुर्वा दोर्जे लामाको आतिथ्य रहेको थियो ।











