हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, नारायणीबाट वेवारिसे अवस्थामा उद्दार गरेका राजु क्षेत्रीको मृत्यु भएको छ । बुधबार भरतपुर महानगरपालिका–२ स्थित मानवसेवा आश्रममा क्षेत्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
धादिङ जिल्लाका ४३ वर्षीय क्षेत्री क्षयरोगबाट ग्रस्त रहेको खुलेको छ । क्षयरोगका कारण क्षेत्रीको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै विभिन्न जिल्लामा भएको आगोलागी तथा दुर्घटनाबाट १६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।