मकवानपुर बहुमुखी क्याम्पसमा परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडाः त्रिभुवन विश्वविद्यालयले बुधबारदेखि देशभर स्नातक तह प्रथम बर्षको वार्षिक परीक्षा सुरु गरेको छ । मकवानपुरको हेटौंडा–२ स्थित मकवानपुर बहमुखी क्याम्पस र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पहिलो दिन बुधबार मकवानपुर बहमुखी क्याम्पसमा बिजनेस इंग्लिस विषयको परीक्षा भएको छ । मकवानपुर बहमुखी क्याम्पसका परीक्षा शाखा प्रमुख दिनेश महतले एक सय ५० परीक्षार्थी परीक्षामा सहभागी भएको बताउनुभयो । ८ जना परीक्षार्थी भने परीक्षामा सहभागी नभएको उहाँले जानकारी दिनुभयो ।

वंशगोपाल बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, पालुङ बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमखी क्याम्पसका विद्यार्थीले मकवानपुर बहुमुखी क्याम्पसमा परीक्षा दिइरहेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको प्रथम वर्षमा अध्ययनरत् ७ सय ४५ जना विद्यार्थीले भने हेटौंडा क्याम्पसबाट परीक्षा दिइरहेका छन् । परीक्षा पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।