मतदान गर्दै मतदाता ।

हेटौँडा ः नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीमा विद्यार्थी नेताका लागि उमेर हद कायम गर्ने नगर्ने भन्ने निश्चित गर्न मतदान भएको छ । शनिबार देशका ७७ वटै जिल्लामा मतदानको कार्यक्रम भएको छ । मकवानपुर जिल्लामा पनि मतदान भएको छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा रहन ३२ वर्ष उमेर हद कामय गर्ने वा उमेर हद कायम नगरी खुला राख्ने भन्ने विषयमा मतदान भएको हो । उमेर हद निश्चित नभएकै कारण गत असोज १० गते सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन । शनिबार भएको निर्वाचनले नै उमेर हद कायम गर्ने, नगर्ने निश्चित भएसँगै पुस १७ गते महाधिवेशनको बाँकी प्रक्रिया पूरा गर्नेछ ।

मकवानपुरमा ३८ जना मतदाता रहेकोमा २० जनाले मात्रै मतदान गरेको निर्वाचन समिति सदस्य राजकुमार केसीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको निर्वाचनमा खसेको २० मतमध्ये १७ मत उमेर हद कायम गर्न नहुने पक्षमा छ भने ३ मत उमेर हद कायम गर्नुपर्ने पक्षमा रहेको निर्वाचन समितिका सदस्य केसीले जानकारी दिनुभयो ।