सांकेतिक तस्वीर ।

हेटौँडाः नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका–३, फलाटेमा भिरबाट लडेर घाइते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय धन प्रसाद धमला रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा धमला घाम ताप्ने क्रममा घर नजिकै रहेको भिरबाट ५ सय मिटर तल लडि घाईते भएका थिए । घाइते धमलाको त्रिसुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि टिचिङ अस्पताल काठमाण्डौ लगिएको थियो । सोमबार उपचार हुदैन भनि अस्पतालले डिस्चार्ज गरे पश्चात घरमा ल्याई राखेकोमा धमलाको मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।