होमनाथ खनाल (रोशन) ।

हेटौँडा ः पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरले आसन्न मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा होमनाथ खनाल (रोशन) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार संघको बैठकले खनाललाई वाणिज्यतर्फ सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन यही पुस २४ गतेबाट सुरु हुनेछ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेशको लेखा समितिका सदस्य समेत रहनुभएका खनाललाई संघले सर्वसम्मत साझा उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी गराउने निर्णय गरेको हो । यस्तै संघले रिक्त रहेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी बाबुराम खतिवडालाई दिने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष केशव मुडभरीको निधनपछि रिक्त रहेको वरिष्ठ उपाध्यक्षको पदमा खतिवडालाई मंगलबार नियुक्त गर्ने निर्णय गरेको हो ।