हेटौंडाः हेटौंडामा यु–१५ ८ ए साइट फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा यु–१५ ८ ए साइड खुल्ला फुटबल प्रतियोगिताका सुरु भएको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नागस्वती फुटबल एकेडेमीको टिमले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा हेटौंडा–१८ हर्नामाडीस्थित सिर्जनशील क्लबलाई ३–१ गोलले पराजित गरेको छ । यस्तै बिहीबारकै दोस्रो खेलमा दिव्या स्पोर्टस एकेडेमीले जित निकालेको छ । पञ्चशील युवा क्लबलाई हराउँदै दिव्या स्पोर्टस एकेडेमीले जित निकालेको हो ।
यस्तै तेस्रो खेलमा बार्सा हेटौँडाको टिमले जित निकालेको छ । ज्ञानज्योति युवा क्लबलाई ४–१ गोलअन्तरले हराउँदै बर्सा हेटौँडाले जित निकालेको हो । चौंथो खेलमा कमाने एकेडेमीको टिम विजयी भएको छ । चौघडा स्पोर्टस एकेडेमीलाई ४–१ गोलले हराउँदै कमाने एकेडेमीले जित निकालेको हो । यस्तै पाचौं खेलमा पिप्ले युवा क्लब विजयी भएको छ । शिखर क्लब पालुङलाई १–० गोलले हराउँदै पिप्ले युवा क्लब विजयी भएको हो । प्रतियोगिता आयोजना गर्नका लागि हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडा कार्यालयले करिब २ लाख ५० हजार रुपैयाँको बजेट बिनियोजन भएको छ ।
क्लबका अध्यक्ष सुविन घिमिरेको सभाध्यक्षमा तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लागायत विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडल्फिडर, गोलरक्षक र प्रशिक्षकलाई जनही ३ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछ ।