हेटौंडाः हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । आज सोमबारबाट विभिन्न कार्यक्रम आयोजना गर्दै १६ दिने अभियान शुरु हुँदैछ ।
हिंसा न्यूनीकरण गर्ने उद्देश्यले मनाइने यो अभियानमा मकवानपुरमा र्याली, दीप प्रज्वलन, अनुगमन, अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गरिने बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । अहिले बालबालिकामाथि हुने शारीरिक यातना कम भएपनि मानसिक यातना बढी दिने गरिएको ज्ञवालीले बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले महिलामाथि बहुविवाह, श्रीमान्ले कुट्ने, परस्त्रीसँग अनैतिक सम्बन्ध राख्ने, यौन दुव्र्यवहार र जबरजस्तीका घटना हुने गरिएको बताउनुभयो ।