हेटौँडाः चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६, नौ किलोमा ट्रक दुर्घटना हुँदा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत नौ किलोमा बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टँदा मकवानपुरगढीका २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा परी मकवानपुरगढी–६ का ३१ वर्षीय दीपक दाहाल र ३८ वर्षीय श्याम बजगाईको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका दाहाल र बजगाईको उपचारको क्रममा आइतबार राती १० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ट्रकका सह–चालक रामेछापका २१ वर्षीय मान बहादुर विक, हेटौँडा–१८ का ६५ वर्षीय दल बहादुर कोइराला र मकवानपुरगढी–६ का २७ वर्षीय सुसन विक घाइते छन् । ट्रक चालक मकवानपुरगढी–६ का २८ वर्षीय दिनेश पुडासैनीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।