Home मुख्य समाचार लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु

हेटौंडाः हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । आज सोमबारबाट विभिन्न कार्यक्रम आयोजना गर्दै १६ दिने अभियान शुरु हुँदैछ ।

हिंसा न्यूनीकरण गर्ने उद्देश्यले मनाइने यो अभियानमा मकवानपुरमा र्याली, दीप प्रज्वलन, अनुगमन, अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गरिने बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । अहिले बालबालिकामाथि हुने शारीरिक यातना कम भएपनि मानसिक यातना बढी दिने गरिएको ज्ञवालीले बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले महिलामाथि बहुविवाह, श्रीमान्ले कुट्ने, परस्त्रीसँग अनैतिक सम्बन्ध राख्ने, यौन दुव्र्यवहार र जबरजस्तीका घटना हुने गरिएको बताउनुभयो ।

Exit mobile version