सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–८, खानीखोलामा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बरियागाउँका ७५ वर्षीय सूर्य बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहान ७ बजेर १५ मिनेटको समयमा बाटो छेउमा तामाङ मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।