हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठकमा ३४ वटा ऐन एकैपटक संशोधन गर्न प्रस्ताव पेश भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले प्रचलित तथा तर्जुमा भएका कानुनहरुलाई समसमायिक सुधार गर्नुपर्ने भएकोले संशोधनको प्रस्ताव पेश गरेको बताउनुभयो ।
यस्तै आज प्रस्ताव पेश भएको ३४ वटा ऐनको संशोधन विधेयमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा भागलिनु हुँदै सांसद नरोत्तम वैद्यले एकैपटक ३४ वटा ऐन संशोधन आउँदा व्यवहारिक नभएको बताउनुभयो । उहाँले प्रत्येक ऐनको संशोधन छुट्टाछुट्टै आउनुपर्ने बताउनुभयो । एकैपटक ३४ ऐनको संशोधन आउँदा अध्ययन नगर्नेहरुको लागि समस्या हुने बताउनुभयो ।