हेटौंडाः गएको हप्ता देशभर बाढी र पहिरोका कारण जनधनको ठुलो क्षती भएको छ । बागमती प्रदेशमा पनि गएको असार २५ गते परेको भारी वर्षाले क्षती पु¥याएको हो । हालसम्म बागमती प्रदेशमा असार २५ यता ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते तथा २३ जना अझै बेपत्ता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो ।
बागमती प्रदेशमा बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्विसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बढी क्षती पु¥याएको छ ।
असार २५ को भारी वर्षको कारण बाह्बिसेमा हालसम्म ३ जना मृत्यु भएको छ भने ११ जना घाइते तथा २० जना बेपत्ता रहेका छन् । त्यस्तै साउन १ गते भोटेकोशीमा गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको र ३ जना अझै बेपत्ता रहेको मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।
हालसम्म चितवनमा २ को मृत्यु, धादिङमा १ जनालाई खोलाले बागाएर मृत्यु भएको, काभ्रे र नुवकोटमा पनि खोलाले बगाएर १/१ जना बेपत्ता भएको अपुष्ट खबर आएको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले बाढी पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई रु. एक लाख रुपैयाँ राहत रुवरुप दिने भएको भन्दै मन्त्री जम्कट्टेलले तिनै तहको विपद् व्यस्थापन समिति मिलेर उद्दार, राहत वितरण र पुनर्निर्माण कार्यमा सहकार्य गर्दै आगाडी बढ्नुपर्ने बताउनुभयो ।