Home मुख्य समाचार प्रदेशको ३४ वटा ऐन संशोधन गर्नुपर्ने, संशोधन विधेयकको सैद्धान्तिक पक्षको छलफल सुरु

प्रदेशको ३४ वटा ऐन संशोधन गर्नुपर्ने, संशोधन विधेयकको सैद्धान्तिक पक्षको छलफल सुरु

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठकमा ३४ वटा ऐन एकैपटक संशोधन गर्न प्रस्ताव पेश भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले प्रचलित तथा तर्जुमा भएका कानुनहरुलाई समसमायिक सुधार गर्नुपर्ने भएकोले संशोधनको प्रस्ताव पेश गरेको बताउनुभयो ।

यस्तै आज प्रस्ताव पेश भएको ३४ वटा ऐनको संशोधन विधेयमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा भागलिनु हुँदै सांसद नरोत्तम वैद्यले एकैपटक ३४ वटा ऐन संशोधन आउँदा व्यवहारिक नभएको बताउनुभयो । उहाँले प्रत्येक ऐनको संशोधन छुट्टाछुट्टै आउनुपर्ने बताउनुभयो । एकैपटक ३४ ऐनको संशोधन आउँदा अध्ययन नगर्नेहरुको लागि समस्या हुने बताउनुभयो ।

Exit mobile version