हेटौँडाः नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४, फेदीगाउँमा दुई तलामाथिबाट हामफालेकी एक महिलाको मृत्यु भएको छ । रामेछाप जिल्ला घर भई हाल नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४ फेदीगाँउमा डेरा गरी बस्ने ३२ वर्षीया शितल मगरको दुई तलामाथिबाट हामफालेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बिहिबार शिलत र उनका श्रीमान् ३८ वर्षीय आकाश मगरबीच झगडा भएको प्रहरीले जनाएको छ । विवादपछि शितल हामफालेकी हुन् । प्रहरीले आकाशलाई नियन्त्रणमा लिएको छ ।