रक्तदान गर्दै प्रहरी ।

हेटौँडाः ६९ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरीले बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित ४५ जनाले रक्तदान गरेका छन् ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मासहित ४ महिला र ४१ जना पुरुष कर्मचारीले रक्तदान गरेका हुन् । कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री श्री सुरज चन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका कार्यबाहक प्रमुख सानुकाजी लुइँटेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डा. हरि प्रसाद लम्साल, हेटौँडा उपमहानगरपालीकाकी प्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ राज चिलुवाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, हेटौंडाका प्रमुख उमाकान्त आचार्य लगायतको आतिथ्य रहेको थियो ।