हेटौँडाः हेटौँडा–११, भैरवडाँडामा मृत अवस्थामा भेटिएकी ठूलीमाया बिश्वकर्माकी नातीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटको समयमा ७१ वर्षीया ठूलीमाया ओछ्यानमा मृत अवस्थामा भेटिएको थियो ।
ठूलीमायाको दुबै कानबाट रगत बगेको पाइएको र घटना शंकास्पद भएकोले प्रहरीले ठूलीमायाकी नाती २८ वर्षीय प्रविण बिश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । घरमा ठूलीमाया र २८ वर्षीया नाती प्रविण बिश्वकर्मा मात्रै बस्दै आएका थिए ।