हेटौँडाः हेटौँडा–११, भैरवडाँडाकी ठूलीमाया बिश्वकर्मा ओछ्यानमै मृत भेटिएकी छिन् । सोमबार बिहान ९ बजेर ४० मिनेटको समयमा ७१ वर्षीया ठूलीमाया ओछ्यानमा मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
ठूलीमायाको दुबै कानबाट रगत बगेको पाइएको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । घरमा ठूलीमाया र २८ वर्षीया नाती प्रविण बिश्वकर्मा मात्रै बस्दै आएका थिए ।