नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया ।

हेटौँडाः बागमती प्रदेश सरकार विस्तारमा नेपाली कांग्रेसमा देखिएको किचलो र मुख्यमन्त्रीले बिना विभागीय मन्त्री नियुक्तिको प्रयासप्रति सत्ता साझेदार दल एमालेले असहमति जनाएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गर्ने कांग्रेसको तयारीका विषयमा एमालेले असहमति जनाएको हो ।

मुख्यमन्त्री लामाले साझेदार दलसँग सल्लाह नै नगरी बिहिबार साँझ मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेको भन्दै एमालेले असहमति जनाएको छ । एमालेले मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गर्न नहुने बताएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आएका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रालय थप गर्न नहुने भन्दै कांग्रेसले आफ्नो समस्या सल्टाएर सरकारलाई पूर्णता दिनु पर्ने बताउनुभयो । सल्लाह नै नगरी मन्त्री थप्ने कांग्रेसको निर्णय स्वीकार गर्न नसक्ने भन्दै उनी प्रदेश प्रमुख कार्यालयबाट बाहिरिएका थिए ।

मन्त्रालय बढाउने निर्णयको विपक्षमा रहेको एमालले बाहरिएपछि कांग्रेस नेता तथा सांसदहरु अलमलमा परेका थिए । सो लगत्तै कांग्रेस संसदीय दलका नेतासहित एमालेका नेताहरु सहमतीका लागि छलफलमा जुटेका थिए । छलफलमा सहमती जुट्न नसकेपछि मन्त्रीहरुको सपथ ग्रहण रोकीएको थियो ।

त्यसअघि प्रदेश सरकारमा एमालेका ६ मन्त्रीले जिम्मेवारी सहित सपथ ग्रहण गरी पदभार ग्रहण गसिकेका छन् । एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र सुकमाया तामाङ नियुक्त भइसकेका छन् ।