मन्त्री लिन पुगेको गाडी प्रदेश प्रमुखको कार्यालयबाट मन्त्री नलिई फर्कँदै ।

हेटौँडाः बागमती प्रदेशको सरकार विस्तारको तयारी भएसँगै बिहिबार साँझ जिम्मेवारीसहित मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरु गाडीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । कर्मचारीको टोलीसहित स्वागतका लागि पुगेका सचिव र गाडीहरु रित्तो फर्किएका छन् ।

नेपाली कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रीहरुको सपथ कार्यक्रम रोकिएपछि मन्त्री लिन पुगेको गाडी र सचिव मन्त्री नलिई फर्किएको हो । मन्त्री लिएर झण्डा फहराउँदै मन्त्रालय फर्कने तयारीमा प्रदेश प्रमुखको कार्यालय परिसर पुगेका गाडीहरु झण्डा छोपेरै फर्कन बाध्य भयो । मन्त्री नपाएपछि कर्मचारी र सुरक्षा खटिएका पिएसओ लिएर गाडी फर्किएको हो ।