बागमती प्रदेश सभा सचिवालय ।

हेटौँडाः निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रदेशसभाको बैठक दिउँसो १ बजे मात्र सुरु भएको हो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक बर्षको विनियोजन विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा ६ वटा मन्त्रालयको बजेट माथि छलफल हुने कार्यसूचि रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेशसभा बैठकमा पेश गरेको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको उक्त बजेट माथि असार ७ गतेबाट छलफल प्रारम्भ भएको थियो ।