हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडाध्यक्ष ईन्द्रमणि तिमल्सिनालगायतका गाउँसभाका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् ।
गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट उपलब्ध नगराएको भन्दै उपाध्यक्ष, वडाध्यक्षले गाउँसभा बहिष्कार गरेको बताएका छन् । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष सर्केस घलानले भने बजेट निर्माणको प्रक्रियामै रहेको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको बताउनु भएको छ । प्राथमिकता पहिचान गरेर योजना छनोट गर्ने विषयगत समितिहरु मार्फत योजना तर्जुमा गर्ने प्रक्रिया जारी रहेको उहाँको भनाई छ ।