हेटौँडाः नेपाल ज्योतिष परिषद् मकवानपुरको अध्यक्षमा सुनिलराज रुपाखेती चयन हुनुभएको छ । सोमबार परिषद्को १४ औं साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनबाट रुपाखेती अध्यक्ष चयन हुनुभएको हो । तान्त्रिक ज्योतिष रुपाखेतीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।
निर्वाचनमा एक सय ६१ जनाले मतदान गरेर २१ जनाको समिति निर्वाचित भएको निवर्तमान सचिव लवहरी अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष रुपाखेतीसँगै उपाध्यक्षमा चेतबहादुर स्याङ्तान र बिनिता राना, सचिवमा लवहरि अधिकारी, सह–सचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा रामेश्वर धिताल र सह–कोषाध्यक्षमा गोकर्ण पराजुली चयन हुनु भएको छ । यस्तै, सदस्यमा नारायण प्रसाद पौडेल, राजाराम बर्मा, नारायण प्रसाद पौडेल, पिताम्बर ढकाल, डिकनाथ पौडेल, देवकृष्ण घिमिरे, केशव प्रसाद सापकोटा, निवास सापकोटा, केशव प्रसाद पौडेल, शोभादेवी ढकाल, अनु कुमारी काफ्ले र यदुनाथ सुवेदी चयन हुनु भएको हो ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धितालको प्रमुख आतिथ्य रहेको थियो भने नेपाल ज्योतिष परिषद् मकवानपुरका निवर्तमान अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।