हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगैे सेमिफाइनल समीकरण पूूरा भएको प्रतियोगिताका संयोजक भूगोल माझीले बताउनुभयो ।

मंगलबार भएको क्वाटरफाइनल खेलमा विजयी हुँदै वडा नम्बर ६ र ८ सेमिफाइनल प्रवेश गरेको छ । वडा नम्बर ६ ले ३ लाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो भने वडा नम्बर १ लाई टाइब्रेकरमा ४–३ गोलले गोलले हराउँदै वडा नम्बर ८ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित खेल समय एक–एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

यसअघि सोमबार भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ७ लाई २–० गोलले पराजित गर्दै आयोजक ए र वडा नम्बर ५ लाई २–१ गोलले हराउँदै २ नम्बर सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको सेमिफाइनलका खेल बिहीबार हुनेछ । बिहीबारको सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि आयोजक ए र २ नम्बर तथा ६ नम्बर र ८ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।