हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित कृष्ण मन्दिर नजिकै स्कार्पियो जीपले ठक्कर दिँदा एक जना बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय सुशील शिवभक्ति रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार बिहान ९ बजेर २२ मिनेटको समयमा विद्यालय जान बाटो काट्ने क्रममा बीएडि २२४४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा सुशील गम्भिर घाइते भएका हुन् । सुशीलको हेटाँैडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।