Home मुख्य समाचार स्कार्पियो जीपले ठक्कर दिँदा सुशील घाइते

स्कार्पियो जीपले ठक्कर दिँदा सुशील घाइते

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित कृष्ण मन्दिर नजिकै स्कार्पियो जीपले ठक्कर दिँदा एक जना बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय सुशील शिवभक्ति रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार बिहान ९ बजेर २२ मिनेटको समयमा विद्यालय जान बाटो काट्ने क्रममा बीएडि २२४४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा सुशील गम्भिर घाइते भएका हुन् । सुशीलको हेटाँैडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version