हेटौँडाः मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीमा मोटरसाइकल भिरबाट खस्दा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीय निर्मल सापकोटा र ४३ वर्षीय कृष्ण अस्ताने मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार बा ३४ प २५२ नम्बरको मोटरसाइकल बाँसपानी बजारबाट घर फर्कने क्रममा बाँसपानी भिरबाट १० फिट तल खोल्सामा खस्दा दुबै जना गम्भिर घाइते (बोल्न नसक्ने) भएका थिए । घाइते दुबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । मगरलाई सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जानकारी दिइएको छ । अनुसन्धानको क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।